ई–आर्थिक, काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी आइएमई पे र बीग डिजिटल स्टोरबीच सहकार्य भएको छ । दुई संस्थाको सहकार्यमा विश्व प्रख्यात ‘साइबर विक’ शुरू भएको छ ।
मंगलवारदेखि सञ्चालनमा ल्याइएको साइबर विक अफर अन्तर्गत ग्राहकले बीग डिजिटल स्टोरमा ५० प्रतिशतसम्म छूटमा ल्यापटप, मोबाइललगायत सामग्री खरीद गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।
साथै, आइएमई पे एपबाट भुक्तानी गर्दा थप १० प्रतिशत वा रू. १ हजारसम्म छूट पाउन सकिने कम्पनीको भनाइ छ ।