२०८३ साउन ११ सोमबार

बीमक संघमा पोषकराज पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

ई आर्थिक    आइतबार, मंसिर ११ २०७९
8.6K
Shares
बीमक संघमा पोषकराज पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

ई–आर्थिक, काठमाडौं । जीवन बीमक संघको अध्यक्षमा पोषकराज पौडेल चयन भएका छन् । जीवन बीमा कम्पनीहरूको छाता संगठनको शुक्रवार सम्पन्न वार्षिक साधारणसभाले पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । पौडेल सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् ।

यस्तै, संघको उपाध्यक्षमा नेपाल लाइफ इन्स्योरेन्सका सीईओ प्रवीणरमण पराजुली, महासचिव ज्योति लाइफ इन्स्योरेन्सका सीईओ प्रकाशविक्रम खत्री र कोषाध्यक्षमा एशियन लाइफ इन्स्योरेन्सका सीईओ दिनेशलाल श्रेष्ठ चुनिएका छन् ।

संघको कार्यकारी सदस्यमा एलआईसी नेपालका सीईओ एलपी दास, आईएमई लाइफका सीईओ कवि फुयाल र रिलायबल लाइफ इन्स्योरेन्सका सीईओ नारायणबाबु लोहनी छन् । नेपालमा १९ ओटा जीवन बीमा कम्पनी सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij