ई–आर्थिक, काठमाडौं । पाटन उच्च अदालतले सिभिल सहकारीका पीडितलाई नौ महिनाभित्रमा निक्षेप रकम फिर्ता गर्न आदेश दिएको छ । सहकारीको मुद्दा फैसला गर्दै अदालतले संस्थाका पूर्वअध्यक्ष इच्छाराज तमाङ, अध्यक्ष केशवलाल श्रेष्ठको ठगी तथा संगठित अपराध मुद्दामा फैसला गर्दै जाहेरवालालाई निक्षेप फिर्ता गर्न आदेश दिएको हो ।
त्यस्तै, उच्च अदालत पाटनले सिर्जना शाक्यलाई थुनामुक्त गर्न आदेश दिएको छ । अदालतले ३५ लाख धरौटी राखी थुनामुक्त गर्न आदेश दिएको हो । सिभिल सहकारीबाट ठगिएको भन्दै एक हजार पाँच सय तीनजनाले उजुरी दिएका थिए ।