२०८३ साउन १० आइतबार

मलेसियामा सेक्युरिटी गार्ड तथा क्लिनरको डिमाण्ड प्रमाणीकरणमा ढिलाइ हुने

ई आर्थिक    शुक्रबार, मंसिर २ २०७९
10.1K
Shares
मलेसियामा सेक्युरिटी गार्ड तथा क्लिनरको डिमाण्ड प्रमाणीकरणमा ढिलाइ हुने

ई–आर्थिक, काठमाडौं । मलेसियास्थित नेपाली दूतावासले सेक्युरिटी गार्ड तथा क्लिनरको रोजगारीमा सिकायत बढेको बताएको छ । मलेसियाका विभिन्न शहरमा कार्यरत नेपाली श्रमिकको सुविधाका लागि घुम्ती सेवा शुरु गरेको दूतावासले जोहरबारूमा आयोजित अन्तरक्रियामा सो जानकारी दिएको हो ।

घुम्ती सेवा उद्घाटनका क्रममा मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले नेपाली श्रमिकहरु कार्यरत कम्पनीहरुको स्थलगत निरीक्षण, सेवा सुविधाबारे श्रमिकहरुसँग अन्तरक्रिया तथा सम्बन्धित कम्पनी व्यवस्थापनसँग छलफल गरिएको भन्दै सुरक्षागार्ड तथा सरसफाइसम्वन्धी कम्पनीहरुमा कार्यरत नेपाली श्रमिकहरुको गुनासो आएको बताए ।

सम्बन्धित कम्पनी व्यवस्थापनसँग छलफल भइरहेको भन्दै राजदूत पौडेलले विशेषतः सुरक्षागार्ड र सरसफाइसम्बन्धी श्रमिकको समस्या समाधानका लागि दुई देशबीच भएको श्रम सम्झौता २०१८ र मलेसियाको श्रम कानूनअनुसार व्यवस्थित गर्न लागिएको बताए । केही महिना अघिबाट कार्यभार सम्हालेका राजदूत पौडेलले नेपाली श्रमिक कार्यरत तथा नेपाली श्रमिक माग गर्ने कम्पनीका व्यवस्थानलाई दूतावासमा बोलाएर समेत छलफल गर्दै आएका छन् ।

मागपत्रमा प्रस्तुत गरेअनुसार आवास सुविधा, पारिश्रमिक र कार्य समयलाई अक्षरसः पालना गरिने उनले बताए । यसले गर्दा अहिले सुरक्षागार्ड र सरसफाइसम्बन्धी मागपत्र प्रमाणीकरणमा केही ढिला भए पनि दीर्घकालमा यसबाट श्रमिकहरुको सम्मान तथा सेवा सुविधामा सहयोग पुग्ने उनले उल्लेख गरे ।

राजदूत पौडेलले नेपाली श्रमिकहरु कार्यरत रहेको शहरमै दूतावासबाट प्रवाह गरिने सेवा प्रदान गर्न घुम्ती सेवा सञ्चालन गरिएको बताए । गैरआवासीय नेपाली संघ लगायत नेपाली संघ संस्थाहरुसँगको सहकार्यमा घुम्ती सेवा सञ्चालन गरिएको हो ।

एक हजारभन्दा धैरे नेपाली उपस्थित भएको कार्यक्रममा २ सय ८० जना श्रमिकले राहदानीसम्बन्धी सेवा लिएका थिए । घुम्ती सेवामा राहदानी सम्बन्धी सेवाका साथै दूतावासबाट प्रवाह गरिने विभिन्न सेवाहरु प्रदान गरिएको नेपाली दूतावासले जनाएको छ । घुम्ती सेवा उद्घाटन कार्यक्रममा श्रम काउन्सिलर दीपक ढकाल, द्वितीय सचिव प्रेमबहादुर बुढ थापा लगायत दूतावासका कर्मचारीहरु उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij