२०८३ साउन ११ सोमबार

राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपालको संगठन विस्तार आक्रमक, रोल्पा जिल्लामा गणेश के.सी.को अध्यक्षतामा नयाँ कार्यसमिति

ई आर्थिक    मंगलबार, कार्तिक २९ २०७९
9.5K
Shares
राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपालको संगठन विस्तार आक्रमक, रोल्पा जिल्लामा गणेश के.सी.को अध्यक्षतामा नयाँ कार्यसमिति

ई–आर्थिक, काठमाडौं । राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल (रान) ले स्थापनाको छोटो अवधिमै आफ्नो संगठनलाई देशव्यापी बनाउँदै लगेको छ । आफ्नो संगठनलाई आक्रकम विस्तार गर्दै लगेको रानले लुम्बिनी प्रदेश अन्तरगत रोल्पा जिल्ला दिउँसो प्रथम भेला सम्पन्न गरेको छ ।

रानको रोल्पा जिल्ला संंयोजक भुपेन्द्र डी. सी. को अध्यक्षतामा रोल्पा जिल्लामा प्रथम भेला सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि रोल्पा आयुर्बेद स्वास्थ्य केन्द्रका प्रमुख जनक खनालले राष्ट्रिय आयुर्बेद एशोसिएसनले रोल्पामा थोरै जनशक्ति भएपनि आयुर्बेदको विकासका लागि साङ्ठनिक गतिविधि गर्दै आयुर्बेद क्षेत्रको विकासका लागि पहल गरेको वताउनुभयो । आयुर्बेद क्षेत्रको अन्य कुनै पनि संघ संस्थाले रोल्पामा सक्रियता नदेखाएको समयमा रानको देशैभरिको सक्रियताले रोल्पा जिल्लामा पनि आयुर्बेद क्षेत्र खुसी भएको बताउनुभयो ।

कार्यक्रममा संयोजक भुपेन्द्र डी.सी.ले अब राष्ट्रिय आयुर्बेद एशोसिएसनको माध्यमबाट आयुर्बेद क्षेत्रको बिकासमा लाग्न सम्पुर्ण आयुर्बेदकर्मीहरुलाई सक्रिय भएर सस्थामा जोडिन आग्रह गर्नुभयो । रोल्पामा आयुर्बेद क्षेत्रको जनशक्ति कम भएपनि आयुर्बेदको प्रचुर संभावना भएकोले सरकारले ध्यान दिनुपर्ने उहाँको भनाई रहेको थियो ।

रानको रोल्पा जिल्लामा भएको आयुर्बेद क्षेत्रको प्रथम भेलाले पाँच सदस्य रहेको रोल्पा जिल्ला तदर्थ समितिको गठन गरेको छ ।

को–को छन् कार्यसमितिमा

अध्यक्ष : गणेश के. सी.
सचिब : सुरेन्द्र प्रसाद पाण्डे
कोषाध्यक्ष : रबिना साह
सदस्य : युद्धजित रोका मगर
सदस्य : माया घर्ती मगर

रोल्पा जिल्ला उपशाखा तदर्थ समिति चयन भएकोमा निर्वाचित अध्यक्ष गणेश के. सी. लगायत सम्पूर्ण नयाँ कार्यसमितिलाई कन्द्रीय अध्यक्ष जगत बहादुर भट्टराईले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

  • चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to earthik.com | Site By : Sobij