२०८३ साउन ११ सोमबार

नक्कली सुन धितो राखेर बाणिज्य बैंकबाट २४ लाख कर्जा

ई आर्थिक    मंगलबार, कार्तिक २९ २०७९
7.5K
Shares
नक्कली सुन धितो राखेर बाणिज्य बैंकबाट २४ लाख कर्जा

ई–आर्थिक, पोखरा । नक्कली सुन बैंकमा धितो राखेर २४ लाख रुपैयाँ ठगी गर्नेलाई कास्की प्रहरीले फेला पारेको छ । पर्वतको कुश्मा घर भई हाल पोखरा बस्ने २५ वर्षीय अभिषेक सुनारले राष्ट्रिय वाणिज्य बैंकका दुई शाखाबाट विभिन्न मितिमा उक्त रकम कर्जा लिएको भेटिएको हो ।

सुनारले पोखरा–१७ विरौटामा रहेको बैंकको शाखाबाट १६ लाख ६० हजार र पृथ्वीचोक शाखाबाट ७ लाख ४५ हजार गरी २४ लाख ५ हजार रुपैयाँ कर्जा लिएका थिए । उनले लामो समयसम्म कर्जाको ब्याज तथा साँवा बुझाउन नआएपछि बैंकले शंका लागेर धितो राखेको गरगहना जाँच गरेको थियो ।

गरगहना जाँच गर्दा कमसल सुन प्रयोग गरी तयार गरिएको खुल्न आएको थियो । बैंकको उजुरीको आधारमा प्रहरीले सुनारलाई शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता सुन्दर तिवारीले बताए । उनका अनुसार प्रहरीले सुनारलाई आइतबार जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुरमा पाँच दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ ।

राष्ट्रिय वाणिज्य बैंक विरौटा शाखाका प्रबन्धक सञ्जीव सुवेदीले धितो राखिएका गहना सामान्य आँखाले सक्कली र नक्कली छुटयाउन नसकिने किसिमको रहेको बताए । ‘धितो राख्ने बेला हेरेर, ढुंगाले घोटेर वा एसिड हालेर परीक्षण गर्ने हो,’ उनले भने, ‘त्यसबाहेक काटेर हेर्नुपर्छ । ग्राहकको गहना काटिहाल्न मिल्दैन । पछि पनि सक्कली नै हो भन्ने थियो । मेसिनमा लगेर परीक्षण गरेपछि मात्रै नक्कली भन्ने थाहा भयो ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij