ई–आर्थिक, काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १६.५१ प्रतिशत नगद लाभांश दिने भएको छ । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले प्रतिकित्ता १६ रुपैयाँ ५० पैसा (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यद्यपि, बैंकको उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृति भएपछि बैंकको आगामी साधारणसभाबाट पारित भएपछि मात्र शेयरधनीहरुमा वितरण गर्नेछ । यसपटक बैंकले बोनस शेयर नदिएर नगद लाभांश मात्र वितरण गर्न लागेको हो ।