२०८३ साउन १२ मंगलबार

दक्षिण कोरियामा भागदौड मच्चिँदा १५१ जनाको मृत्यु, नेपालका परे की परेनन ?

ई आर्थिक    आइतबार, कार्तिक १३ २०७९
7.1K
Shares
दक्षिण कोरियामा भागदौड मच्चिँदा १५१ जनाको मृत्यु, नेपालका परे की परेनन ?

सोल । दक्षिण कोरियाको राजधानी सोलमा शनिवार राती १० बजेतिर भागदौड हुँदा कम्तीमा १५१ जनाको मृत्यु भएको छ ।

अन्तरराष्ट्रिय समाचार संस्था बीबीसीका अनुसार त्यहाँ हालुविन इभ मनाउन जम्मा भएका युवायुवतीहरू बीच भागदौड मच्चिएको थियो ।

मृत्यु हुनेमा २० देखि ३० वर्षका युवायुवती धेरै छन् । १९ जना विदेशीको पनि मृत्यु भएको छ। त्यसमा नेपालका पनि परे की परेनन् भन्ने एकिन भइसकेको छैन । थप ८२ जना घाइते भएका छन् । कोरोना महामारीका कारण तीन वर्षपछि त्यहाँ हलोविन पर्व मनाउन सरकारले अनुमति दिएको थियो।

सोलको इतेवन क्षेत्र नाइटलाइफका लागि लोकप्रिय छ । बार र क्लबहरू भएको उक्त क्षेत्रमा रातको समयमा झण्डै १ लाख जना युवायुवती हलोविन पर्व मनाउन भेला भएका थिए । अत्यधिक भीड भएपछि सास फेर्न गाह्रो भएको भन्दै मानिसहरू त्यहाँबाट बाहिर निस्कन खोज्दा भागदौड मच्चिएको बताइएको छ ।

उक्त घटनापछि त्यहाँका राष्ट्रपति युन सुक-योलले इतेवन क्षेत्रमा तत्काल उद्धार टोली खटाउन निर्देशन दिएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे त्यहाँका अधिकारीहरूले अनुसन्धान भइरहेको बताएका छन् ।

घटनाप्रति अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनकलगायत विभिन्न देशका राष्ट्र प्रमुखहरूले दु:ख व्यक्त गरेका छन् । एजेन्सीहरु

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij