२०८३ साउन ११ सोमबार

सखुवाघाटका राजन दाहालले जिते डिशहोमको नगद एक लाख

ई आर्थिक    बिहिबार, कार्तिक ३ २०७९
3.9K
Shares
सखुवाघाटका राजन दाहालले जिते डिशहोमको नगद एक लाख

ई–आर्थिक, काठमाडौ । डिशहोममा १ वर्षको रिचार्ज गर्दा जितपुर सिमराका राजन दाहालले जिते नगद एक लाख जितेको छ ।

अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने योजना अन्तर्गत जितपुर सिमरा उप–महानगरपालिका(१६ महेन्द्रनगर, सखुवाघाट निवासी राजन दाहालले रु एक लाख जितेको हो ।

डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलर दाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन्।

साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर प्राप्त गर्न सक्नेछन् ।

श्लोक इलेक्ट्रोनिक्स सप्ल्यार्स हेटौडाको डिलर अन्तर्गत रहेको बारा, सखुवाघाटका सह(बितरक गीता इन्टरप्राइजका डिलर दाई राजेश थापा मगरकोमा एक वर्ष रिचार्ज गरेर दाहालले लक्कि ड्र मा सहभागी हुने अवसर पाएका हुन् ।

डिशहोमको तर्फवाट एरिया सेल्स म्यानेजर सन्जिब कार्की, सेल्स अफिसर गौरव घिमिरे, श्लोक इलेक्ट्रोनिक्स सप्ल्यार्सका शिवराम श्रेष्ठबाट जितेको उक्त पुरस्कार रकम हस्तान्तरण गरिएको हो ।

विजेता दाहाललाई हार्दिक वधाई दिदै सम्पूर्ण डिशहोम डिटिएचका ग्राहकहरुले यस योजनामा सहभागी जनाई लाभ लिन सक्नेछ भन्ने विश्वास कम्पनीले लिएको छ।

लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी, रमाईलो एचडी, सरोकार टिभी, नेपाःच्यानल, र डिशहोम शोकेसमा हेर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij