२०८३ साउन १० आइतबार

कुमारी बैंकको साधारणसभा कात्तिक २१ गते हुने

ई आर्थिक    मंगलबार, कार्तिक १ २०७९
6.5K
Shares
कुमारी बैंकको साधारणसभा कात्तिक २१ गते हुने

ई–आर्थिक, काठमाडौं : कुमारी बैंकको साधारण सभा कात्तिक २१ गते हुने भएको छ । असोज ३० गते बसेको बैंक सञ्चालक समितिको बैठकले कात्तिक २१ गते सोमबार साधारण सभा गर्ने निर्णय गरेको हो । बैंकले सेयरधनीलाई १२.५० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत गरिसकेको छ ।

उक्त लाभांश बैंकको वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउने छन् । हाल कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकबीच मर्जर प्रकृया अघि बढेकोले असोज ११ गतेदेखि नै संस्थाको सेयर कारोबार बन्द रहेको छ ।

नेप्सेमा असोज ११ गतेभन्दा अघिसम्म सेयर कारोबार भएकाले कार्त्तितक १४ गतेभित्र सेयरधनी दर्ता कितावमा दाखिल खारेज नामसारी भई सेयर कायम रहेका सेयरधनीहरु प्रस्तावित लाभांश पाउन योग्य हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij