ई–आर्थिक, काठमाडौं । कुमारी बैंक लिमिटेडको गोरखा सदरमुकाममा रहेको एटिएम मेसिन गएराती तोडफोड भएको छ ।
गोरखा नगरपालिका ६ हरमटारी चोकमा रहेको बैंकको मेसिन गएराती तोडफोड भएको हो । तोडफोड गर्नेको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
एटिएमबाट पैसा हराएको, नहराएको बारे भने यकिन भइनसकेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए । बिहान बैंकका गार्डले खबर गरेपछि थाहा पाएको उनले बताए ।
मेसिन नचलेकाले कति रकम हरायो, कति छ भनेर हेर्न सकिएन, बैंकले प्राविधिक बोलाउँदैछ हेरिसकेपछि हराएको रकम एकिन हुनेछ । बैंकले भने कार्यालय खुलिसकेपछि घटनाको
यथार्थ तथ्य तथ्यांक बाहिर ल्याउने जानकारी दिएको छ ।