ई–आर्थिक, काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नं. २९ अनामनगरमा रहेको अक्सिडेन्टल पव्लिक स्कूलमा काठमाडौं महानगरपालिकाले डोजर लगाएको छ ।
स्कुलमा परिक्षा चलिरहेको बेलामा महानगरपालिकाले डोजर लगाएको हो ।
काठमाडौं महानगरपालिकाले विगत केही समयदेखि चलाएको अबैध संरचना भत्काउने क्रममा आज शुक्रबार अक्सिडेन्टल स्कूल एउटा बल्कको कम्पाउण्डमा डोजर चलेको हो ।
पछिल्लो समय अवैधरुपमा निर्माण गरिएका संरचना भत्काउने कार्यलाई महानगरले तीव्रता दिइरहेको बेला पछिल्लो समयमा काठमाडौँको अनामनगरमा रहेको सो स्कूलको क्षेत्रमा डोजर चलेको हो । उक्त स्कुलले अवैध रुपमा निर्माण गरेको पर्खाललगायतका संरचना भत्काएको महानरपालिकाले जनाएको छ ।
स्कूल व्यवस्थानले भने परिक्षा दिइरहेका विद्यार्थीहरुको मनोवल समेत गिराउने हिसावले महानगरले स्कूल कम्पाउण्डमा डोजर लगाएको जनाएको छ । परिक्षा दिइरहेको बेला, चाडबाडको मुखमा स्कूल व्यवस्थापनले गरेको यो गतिविधिलाई ‘बेमौसमी बाजा’ को संकेत गरेको छ ।