ई–आर्थिक, काठमाडौं । सरकारले बैंक वित्तीय तथा आर्थिक क्षेत्रका विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ । संविधान दिवसको अवसरमा सरकारले बैंक, वित्तीय क्षेत्र तथा आर्थिक क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरेको हो ।
यसरी सम्मानित हुनेहरुमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुंगाना, एनएमबी बैंकका सीईओ सुनिल केसी, व्यवसायी कुशुम लामा र बैंकर शिक्षा भट्टचनलाई प्रबल जनसेवाश्री पदकमार्फत पदक प्रदान गरेको छ ।
त्यस्तै बैंकर शिक्षा भट्टचनलाई विकास रत्न प्रदान गरेको छ । यसैगरी प्रभु बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल, प्रभु बैंकका नायब महाप्रबन्धक दिनेश थकाली, बैंकर रुकमिणाकुमारी ज्ञवाली र बीमक सञ्चित बज्राचार्य पनि राष्ट्र यशोवद्र्धक सम्मान पदक प्रदान गरिएको छ ।
यस्तै सहकारी अभियन्ता मिनराज कँडेल, केवि उप्रेती र सहकारीकर्मी शशी खड्का गुरुङलाई सुप्रबल जनसेवाश्री पदकद्वारा विभूषित गरिएको छ ।
त्यसैगरी उद्योग व्यवसायी प्रभाकर शमशेर जबरालाई प्रसिद्ध प्रबल जनसेनानीबाट विभुषित गरेको छ । यस्तै, व्यवसायी चन्द्र ढकाल र उद्योगी पशुपति मुरारकालाई सुर्कीर्तिमय राष्ट्रदिप पदकबाट विभुषित गरेको छ ।
त्यस्तै उद्योगपति तथा के.एल.दुगड ग्रुपका प्रबन्ध निर्देशक कुमुद कुमार दुगड ‘प्रबल जनसेवाश्री’ बाट सम्मानित हुनुभएको छ ।
त्यस्तै, पर्यटन व्यवसायीहरुमा राम थापा र रामबहादुर कोइरी, खुमबहादुर सुवेदी पदकबाट विभुषित हुनुभएको छ । मुरलीधर रंगटा, श्रेणिगोपाल मुन्दडा, मोरियादेल पिलार, जोसे म्यानुयल भिलानोभा र होटल व्यवसायी सृजना राणा विभुषित हुनुभएको छ । यस्तै सरकारले बैंक तथा वित्तीय संस्था परिसंघ नेपाललाई पनि उक्त पदक प्रदान गरिएको छ ।