ई–आर्थिक, काठमाडौं । कुमारी बैंकले आकर्षक व्याज र सुविधासहितको ‘धनबृद्धि रिकरिङ मुद्दती’ योजना ल्याएको छ । प्रारम्भिक बिज रकमलाई छोटो समयमै पाँचदेखि सय गुणासम्म वृद्धि हुने यो योजना ल्याएको हो ।
यस आवर्ती (रिकरिङ) योजना अन्तर्गत, प्रारम्भिक बिज रकमको १० प्रतिशतको हिसाबले प्रत्येक महिना ग्राहाकको बचत खाताबाट सो मुद्दती खातामा रकम जम्मा हुने प्रावधान रहेको छ । यस योजनाबाट न्यूनदेखि उच्च आय वर्ग सबैलाई सुरक्षित भविष्यको आधार निर्माण हुने कुरामा यस बैंक विश्वस्त रहेको छ । यो योजना असोज १ गतेदेखि लागु हुने समेत बैंकले जानकारी गराएको छ ।
बैंकले ग्राहकहरुले आफ्नो चाहना तथा भविष्यको आवश्यकता अनुसार न्युनतम १० हजारदेखि १० लाखसम्म प्रारम्भिक बिज रकम जम्मा गर्दा निम्न अनुसारको धनबृद्धि लक्ष्य प्राप्त गर्न सकिने बताएको छ । बैंकले हाल १९८ शाखा सञ्जाल, १९५ एटिएम, ५३ शाखारहित बैंकिङ ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट सेवासुविधाहरु दिँदै आएको छ ।