२०८३ भाद्र ३० मंगलबार

बेष्ट फाइनान्सको १७औं शाखा वीरगञ्जमा घण्टाघर लिंकरोडमा

ई आर्थिक    बिहिबार, भाद्र ३० २०७९
10.5K
Shares
बेष्ट फाइनान्सको १७औं शाखा वीरगञ्जमा घण्टाघर लिंकरोडमा

ई–आर्थिक, काठमाडौं । बेष्ट फाइनान्स कम्पनीले वीरगञ्जमा आफ्नो १७औं शाखा सञ्चालनमा ल्याएको छ । वीरगञ्जमा सञ्चालनमा ल्याइएको उक्त शाखा मधेश प्रदेशमा कम्पनीको पहिलो रहेको बताइएको छ ।

वीरगञ्जको घण्टाघर लिंकरोडमा शाखा सञ्चालनमा ल्याई वित्तीय कारोबार शुरू गरिएको कम्पनीको भनाइ छ । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र संस्थाका अध्यक्ष खिमलाल पौडेलले संयुक्त रूपमा उक्त शाखाको उद्घाटन गरेका हुन् ।

शाखा उद्घाटन कार्यक्रममा वीरगञ्जका व्यवसायी, उद्योगी, सामाजिक अगुवा लगायतको उपस्थिति थियो ।

असोज महीनाभित्रै १८औं शाखाको रूपमा सुनसरीको इटहरीमा शाखा सञ्चालनमा ल्याइने कम्पनीले जानकारी दिएको छ । निकट भविष्यमा सुर्खेत र धनगढीमा पनि शाखा सञ्चालनमा ल्याउने कम्पनीको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij