ई–आर्थिक, काठमाडौं । रुस–युक्रेन युद्वका कारण अन्तर्राष्ट्रिय बजारमा कोइलाको चरमले उदयपुर सिमेन्ट उद्योगलाई छोएको छैन । यस्तो अभावका असर निर्माणसँग सम्बन्धित सबै क्षेत्रमा देखिएपनि उद्योगको व्यवस्थपकीय चलख्याईले छुन नसकेको हो । यस्तो अभावका बीच पनि उद्योगले आफ्नो क्षमताअनुसार उत्पादन र विक्री विरतरणमा जोड दिंदै आएको छ ।
खास गरी कोइलाको प्रयोग हुने सिमेन्ट र इँटा उद्योग अहिले मारमा छन् । गत वर्षको तुलनामा अहिले कोइलाको मूल्य ५ गुणासम्म बढेको नेपाल सिमेन्ट उत्पादक संघको तथ्यांकले देखाएको छ। खरिदका लागि अभाव नदेखिए पनि मूल्यमा ठूलो वृद्धि देखिएको उद्योगीहरु बताउँछन्। गत वर्ष अक्टोबरमा कोलकाता बन्दरगाहबाट प्रतिटन औसत ५५ डलरमा ल्याएको कोईला अहिले २ सय ६० डलरसम्म पुगेको छ। नेपालले भारत, चीन, इन्डोनेसिया, अमेरिका, दक्षिण अफ्रिका, अस्ट्रेलियालगायत मुलुकबाट कोइला आयात गर्ने गरेको छ । सिमेन्ट उत्पादनका लागि दक्षिण अफ्रिकाको कोइला बढी प्रयोग हुने गरेकोमा त्यहाँबाट आपूर्ति रोकिएको छ। नेपालका सबै सिमेन्ट उद्योगले सिंगापुरको व्यापारिक कम्पनीमार्फत कोइला खरिद गर्छन् ।
सिमेन्ट उद्योगमा मात्रै वार्षिक १४ लाख टन कोइला खपत हुने गरेको संघको तथ्यांक छ । सिमेन्ट उत्पादनका लागि कच्चा पदार्थका रुपमा प्रयोग हुने चुनढुंगाबाट क्लिंकर बनाउन कोइलाको प्रयोग हुन्छ । यसको विकल्पमा विद्युतको प्रयोग सम्भव छैन। तर, यस्तो विषम परिस्थितिमा पनि सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग भने निर्बाध रुपमा सञ्चालनमा छ । कोईला अभाव र मुुल्यवृद्धिको अवस्था हेर्दा बन्द भईसक्नु पर्ने उद्योगलाई ब्यवस्थापकिय टिम र कर्मचारीहरुको चतुर्याईले बचाएको छ।
पहिलेदेखि नै स्टकमा राखिएको करीब ६ हजार २ सय मेट्रिक टन कोइला जमिनमुनीबाट उत्खनन गरी नयाँ खरिद भएको कोइलामा मिश्रण गरी प्रयोगमा ल्याएर कोईला अभावको समस्या समाधान गरिएको महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले बताए । सामान्यतया १ किलो कोइलाबाट ४ देखि ४.५ किलो क्लिंकर बन्ने गर्छ ।
पुरानो र नयाँ कोइलाको मिश्रण गरी क्लिंकर उत्पादन गर्दा मापदण्ड बमोजिम नै उत्पादन भएको क्लिंकर बिभागले जनाएको छ। यसरी उत्पादन गरेको सिमेण्टको गुणस्तर पनि नेपाल गुणस्तर मापदण्ड बमोजिम नै रहेको प्रयोगशाला बिभागिय प्रमुख असल राईले बताए । ‘बर्षातको समयमा जाम हुनु स्वभाविक हो, तर कोइला वा अन्य कच्चापदार्थको गुणस्तरमा कमी भएकोले जाम भएको होइन’ राईले भने– ‘क्लिंकर बनाउने क्लिनमा रेड स्पोट आएकोले ईट्टा फेरेपछि एक दुई दिनमै फायरिङ्ग हुन्छ र उत्पादन शुरु हुन्छ।’ यस्तो छ उद्योगको अवस्था खरिद प्रक्रियालाई पारदर्शी बनाउन सार्वजनिक खरिद कार्यालयको वेबसाईटबाट अन्तरास्ट्रिय प्रतिष्पर्धाबाट खरिद गर्ने प्रणाली शुरु गरिएको छ । यसले आफ्नो वेबसाइटमा सूचना राख्दा सूचना चुहिने जोखीम पनि कम भएको प्रशासन महाशाखा प्रमुख कमल पौडेलले बताए । माग फारम भर्दा तलदेखि माथि र जाँच पास गर्दा तलदेखि माथिसम्म सबैलाई जिम्मेवार बनाइएको छ ।
अधिकांश खरिद सिल्ड टेण्डर वा टेण्डर प्रक्रियाबाट मात्र भएकाले स्वच्छ प्रतिष्पर्धा भइ पारदर्शिता कायम भएको उद्योगका खरिद बिभाग प्रमुख गम्भिरजंग खत्रीले बताए । कोइला लगायत अन्य कच्चा पदार्थको प्रयोगशालाबाट स्याम्पल लिएपछि मात्र प्रयोगमा ल्याउने गरिएको, स्याम्पल टेष्टमा तोकिएको पारामिटर अनुसार नभए कानुनसम्मत सो बराबरको तौल असुली गर्ने गरिएकोले उद्योगलाई फाइदा हुने गरेको खत्री बताउँछन् ।
प्राविधिक रायको आधारमा जापानको कावासकी हेभी इक्वीपमेण्टस इण्डष्ट्रीजले उद्योग स्थापना गर्दा तोकेको मापदण्ड सबै लागू गर्न सुरु गरिएकोले अझ बढी पारदर्शिता र उद्योगलाई खरिदमा स्वच्छ प्रतिष्पर्धा भइ फाइदा पुगिरहेको निमित्त प्रशासन डिजिएम महेशप्रसाद साहले जानकारी दिए। उनका अनुसार खर्चमा मितव्ययिता अपनाइएको छ भने स्टोरमा बर्षौदेखि रहेका सामानहरुको प्रयोगलाई प्राथमिकता दिएको छ। ‘गेटदेखि उत्पादनसम्म कण्ट्रोल गरेकोले नै बन्द हुन लागेको उद्योग संचालनमा आएको हो’ उनले भने– ‘आर्थिक बर्ष २०७८÷७९ मा थोरै भएपनि फाइदा तर्फ गएको छ, जुन गत आ। ब। २०७७÷७८ मा रु। ३० करोड नोक्सानी थियो । नेपाल फाइनान्सीयल रिपोर्टिङ स्टाण्डर्डस बमोजिम सम्पत्ति र दायित्वको मूल्यांकन गरि आ. ब. २०७७/