२०८३ साउन १२ मंगलबार

बीवाईडी ब्रान्डका सवारी साधनहरुको बीमा आइएमई जनरल इन्स्योरेन्सबाट हुने

ई आर्थिक    शुक्रबार, भाद्र २४ २०७९
8.8K
Shares
बीवाईडी ब्रान्डका सवारी साधनहरुको बीमा आइएमई जनरल इन्स्योरेन्सबाट हुने

ई–आर्थिक, काठमाडौं : आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र साइमेक्स इंकबीच नगद सहित बीमा दावी भुक्तानी (इसीएस) सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र साइमेक्स इंकका सहायक महाप्रबन्धक आकाश बिक्रम थापाले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बीवाईडी ब्रान्डका सवारी साधनहरुको बीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट गरिने छ । बीमितको गाडी कुनै पनि किसिमको दुर्घटना परी सवारी साधनको क्षति भएमा नक्साल स्थित साइमेक्स इंकको सहकार्यमा आइएमई जनरल इन्स्योरेन्स सहजै बीमा दावी भुक्तानी गर्नेछ ।

कम्पनीबाट बीमा भएको चारपांग्रे निजी सवारी साधनको दुर्घटना हुन गई सवारी साधन क्षतिग्रस्त भइ मर्मत संभार गर्नु पर्ने भएमा साइमेक्स इंकको मर्मत केन्द्रमा उक्त क्षतिग्रस्त सवारी साधन मर्मत सम्भारको लागि लगिएमा सो मर्मत संभार वापत लाग्ने खर्च बीमा कम्पनीले साइमेक्स इंकलाई सिधै भुक्तानी गरिने छ । यसले बीमा दावी भुक्तानीको लामो प्रक्रियालाई छोटा बनाउने र बीमितले सहज, सरल र झन्झटमुक्त तरिबाबाट सेवा लिन सक्ने आईएमई जनरल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले जानकारी दिए ।

उक्त सेवा लिनको लागि दुर्घटना भए लगत्तै बीमा कम्पनीले उपलब्ध गराएको मोबाइलमा फोन गरेर, एसएमसी, भाइवर वा ह्वाट्स एपबाट जानकारी गराउनु पर्नेछ । सवारी साधन बीवाइडीको सर्भिस सेण्टरमा पु¥याए पश्चात दुर्घटनाग्रस्त सवारीको जांच गर्नुपर्नेछ । मर्मत संभार पश्चात बीमा लेखमा तोकिएको सीमासम्मको रकम कम्पनीले सिधै बीवाईडी कम्पनीलाई भुक्तानी गर्नेछ भने सीमा भन्दा माथिको रकम सम्बन्धित सवारी साधन धनीले भुक्तानी गर्ने गरी सवारी लैजान सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij