२०८३ साउन ९ शनिबार

ज्योति विकास बैंकले पाँचवटा बिजनेश इन्क्युबेसन सेन्टर स्थापनामा सघाउने

ई आर्थिक    मंगलबार, भाद्र २१ २०७९
10.4K
Shares
ज्योति विकास बैंकले पाँचवटा बिजनेश इन्क्युबेसन सेन्टर स्थापनामा सघाउने

ई–आर्थिक, काठमाडौं । ज्योति विकास बैंकले पाँचओटा बिजनेश इन्क्युबेसन सेन्टर स्थापनामा सघाउने भएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’मार्फत देशका पाँच विभिन्न सरकारी कलेजमा बिजनेश इन्क्युबेसन सेन्टर स्थापनामा सहयोग गर्ने भएको हो । उक्त परियोजनामा सहकार्य गर्न बैंकले युथ स्किल ल्याबसँग सम्झौता गरेको छ ।

एक कार्यक्रमका बीच ज्योति विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पारसराज कँडेल र युथ स्किल ल्याबका संस्थापक निर्देशक नन्दकिशोर मण्डलले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता बमोजिम बैंकले पाँचओटा सरकारी कलेजमा उद्यमशीलता विकास र प्रवर्द्धनका लागि बिजनेश इन्क्युबेसन सेन्टर स्थापनामा सहयोग गर्नेछ ।

उक्त सेन्टरमा विद्यार्थीले निःशुल्क रूपमा उद्यमशीलता तालीम, विकास र सञ्चालनमा सहयोगका साथै उद्यम सुचारु गर्न लगानीकर्तासँग सहकार्यको अवसर समेत पाउने बताइएको छ । सहकार्यको साझेदार युथ स्किल ल्याबले यो कार्यक्रमको सञ्चालन तथा व्यवस्थापन गर्नेछ । बैंकले हाल ११९ ओटा शाखा कार्यालय, तीनओटा विस्तारित काउन्टर र ६५ ओटा एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij