२०८३ साउन ११ सोमबार

नेपाल र भारतका सरकारी निकायबीचको समन्वय अभाव हुँदा नेपालगञ्ज नाकाबाट १२ प्रकारका जडिबुटी निकासी रोकियो

ई आर्थिक    बिहिबार, भाद्र ९ २०७९
7.3K
Shares
नेपाल र भारतका सरकारी निकायबीचको समन्वय अभाव हुँदा नेपालगञ्ज नाकाबाट १२ प्रकारका जडिबुटी निकासी रोकियो

ई–आर्थिक, नेपालगञ्ज । नेपाल र भारतका सरकारी निकायबीचको समन्वय अभावका कारण दुई वर्षदेखि विभिन्न १२ प्रकारका जडिबुटी भारत निकासीमा रोक लागेको छ । जडिबुटी ब्यवसायी सङ्घ केन्द्रीय कार्यालय नेपालगञ्जका अनुसार भारततर्फ निकासी गर्न नपाएपछि नेपालगञ्ज र आसपासका क्षेत्रमा करिब एक हजार टन जटिबुटी गोदाममा थन्किएको छ । देशभर करिब दुई हजार टन जडिबुटी ब्यवसायीका गोदाममा थन्किएको सङ्घका केन्द्रीय अध्यक्ष टंकप्रसाद शर्माले जानकारी दिनुभयो ।

‘भारतीय प्लान्ट क्वारेन्टाइनले आयातको सूचीमा नराखेका कारण जटामसी मार्क, अमला, सिकाकाई, तिगेडीलगायतका जडिबुटीको भारत निकासी हुन सकेको छैन’ सङ्घका अध्यक्ष शर्माले भन्नुभयो, ‘यसबाट जडिबुटी सङ्कलन र उत्पादन गर्ने किसानदेखि राज्यसम्मलाई बर्षेनी आर्थिक नोक्सानी भइरहेको छ ।’

जडिबुटी ब्यवसायी मोहम्मद याकुब अन्सारीले जडिबुटीको निकासीमा सहजता भएमात्र मुलुकले आर्थिक रुपमा लाभ लिन सक्ने बताउनुभयो । ‘बर्षौसम्म गोदाममा जडिबुटी थन्क्याउँदा ब्यवसायीको क्रमशः नोक्सानी थपिदै जान्छ’ सङ्घका पूर्व अध्यक्ष समेत रहनुभएका अन्सारीले भन्नुभयो, ‘नेपाल सरकारले जडिबुटी निकासीमा सहजताका लागि समन्वय र सहयोग गर्न आवश्यक छ ।’

भारतले केही समय अधिकांश जडिबुटीको आयातमा रोक लगाएको भए पनि सरकारी समन्वयमा ४२ प्रकारका जबिडुटी निकासी भएको छ । १२ प्रकारका जडिबुटी निकासी रोकिएको सङ्घको भनाइ छ ।

१२ प्रकारका जडिबुटी भारत निकास हुन नपाएपछि नेपालबाट बर्षेनी जडिबुटीको निकासीमा कमी भइरहेको छ । गत आवमा चार हजार ५८३ टन जडिबुटी मात्रै भारततर्फ निकासी भएको थियो । भारतीय अवरोधसँगै कोभिडका कारण पनि जडिबुटी निकासीमा कमी आएको संघको बुझाइ छ ।

नेपालगञ्जबाट करिब ८० प्रतिशत भारतमा, १० प्रतिशत चीन र बाँकी अमेरिका, जर्मनी लगायतका मुलुकमा निर्यात हुनेगरेको छ । सीमा क्षेत्रका स्थापना भएको नेपालको प्लान्ट क्वारेन्टाइनले भारतीय निकायसँग उचित पहल नगर्दा समस्याको समाधान हुन नसकेको ब्यवसायीहरुले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij