ई–आर्थिक, काठमाडौं । नेपाल भरका किशोरकिशोरीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर गर्दै र उनिहरुको प्रतिभा र उत्साहलाई प्रेरित गर्न आयोजना गरिने ग्लोकल टिन हिरो नेपालको आठौं संस्करणमा डिशहोमले पार्टनरसिप गरेको छ ।
नेपालभरबाट विभिन्न विधाबाट सहभागी ६ सय ४८ किशोरकिशोरीहरुले आवेदन दिएका मध्ये ६ जना प्रतिस्पर्धी ग्लोकल टिन हिरो २०२२ को फाईनलमा पुगेका छन् ।
सेप्टेम्बर १, २०२२ सोल्टी होटलमा हुने सम्मेलन र अवार्ड कायक्रममार्फत ग्लोकल टिन हिरो २०२२ नेपाल बिजेताको नाम घोषणा गरिनेछ ।
वाई वाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धीमा धनुषाका शिक्षा प्राविधिक आशिष शाह, चितवनका चलचित्र निर्माता विमर्ष पौडेल, मोरङकी महिला अधिकारकर्मी दर्शना रिजाल, अछामका इकोप्रेनेउर निश्चल सिंह विष्ट, धनुषाका खगोल विज्ञान प्रेमी राहुल रञ्जन शाह र मोरङकी सामाजिक कार्यकर्ता सृजना गौतम रहेका छन् ।