२०८३ साउन ११ सोमबार

बीमा रकम दाबी गर्न चालक र सहचालकले लगाए टिपरमा आगो, टिपर धनी नै मूख्य योजनाकार

ई आर्थिक    मंगलबार, भाद्र ७ २०७९
7K
Shares
बीमा रकम दाबी गर्न चालक र सहचालकले लगाए टिपरमा आगो, टिपर धनी नै मूख्य योजनाकार

ई–आर्थिक, काठमाडौं । बीमाको रकम दाबी गर्न दाङमा टिपरमा आगजनी गरिएको छन् । टिपर धनी कै योजनामा चालक र सहचालकले टिपरमा आगो लगाएका हुन ।

टिपर धनीकै आग्रहमा चालक अरुण चौधरी र सहचालक आकाश चौधरीले टिपरमा आगजानी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको हो ।

एसपी काफ्लेका अनुसार मङ्गलबार बिहान रा १ ख १६९४ नम्बरको टिपरमा आगजनी भएको खबर कार्यालयमा आएको थियो । मङ्गलबारै विभिन्न माग राख्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित चार वटा पार्टीले नेपाल बन्दको घोषणा गरेका थिए ।

बन्दको घोषणा गर्ने पार्टीबाटै गाडीमा आगजनी भएको आशङ्का प्रहरीको थियो । त्यसपछि प्रहरीले बन्द आयोजना गर्नेको खोजी तीव्र पार्यो । लगत्तै घोराही र तुलसीपुरबाट आठ जना बन्द कर्तालाई प्रहरीले नियन्त्रणमा लियो ।

नियन्त्रणमा लिएकाले गाडीमा आगजनी नगरेको बयान दिएपछि प्रहरीले घटनाबारे थप जानकारी लिन टिपर चालक र सहचालकसँग बयान लिएको थियो । बयानमा चालक र सहचालकले अज्ञात समूहले नभइ आफूहरुले नै आगजनी गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेस काफ्लेले जानकारी दिनुभयो ।

एसपी काफ्लेका अनुसार उनीहरुले टिपर धनीको निर्देशनमा बीमाको रकम दाबी गर्न आगजनी गरेको बयान दिएका हुन् ।

गाडी पुरानो भएको र बारम्बार मर्मत् गरिरहनु पर्ने झण्झट भएकाले गाडी धनीकै आग्रहमा आगजनी गरेको रहस्य खुलेको हो । प्रहरीले चालक सहचालकलाई नियन्त्रणमा लिएको छ भने गाडी धनीको खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij