२०८३ साउन ११ सोमबार

लघुवित्तविरुद्ध संघर्ष गर्ने समितिलाई कारबाही हुने, लघुवित्त कार्यक्रमलाई धराशयी बनाउने प्रयास गरिरहेको आरोप

ई आर्थिक    शुक्रबार, भाद्र ३ २०७९
6K
Shares
लघुवित्तविरुद्ध संघर्ष गर्ने समितिलाई कारबाही हुने, लघुवित्त कार्यक्रमलाई धराशयी बनाउने प्रयास गरिरहेको आरोप

ई–आर्थिक, काठमाडौं । लघुवित्तविरुद्धको संघर्ष समितिलाई कारबाही हुने भएको छ । लघुवित्त कार्यक्रमलार्य धराशयी बनाउने प्रयास गरिरहेको आरोप लगाउदै गृह मन्त्रालयले गर्न निर्देशन दिएको हो । मन्त्रालयले विपन्न र उत्पीडित नागरिकको जीवनस्तर उकास्ने लघुवित्त संस्थाहरूप्रति भ्रामक र कपोकल्पित आरोप लगाई भ्रम छर्ने कार्य शुरू भएको भन्दै कारबाही गर्न निर्देशन दिएको हो ।

देशको प्रचलित कानून बमोजिम दर्ता भई नियामक निकायबाट स्वीकृति लिएर सञ्चालनमा रहेका लघुवित्त संस्थाहरूप्रति हाल केही व्यक्तिको समूहले सुनियोजित भ्रामक र कपोलकल्पित आरोप लगाएकाले सो किसिमका कार्य तत्काल बन्द गर्न समेत गृहले प्रहरी प्रधान कार्यालयलाई दिएको निर्देशनमा भनिएको छ ।

यसअघि नेपाल लघुवित्त बैंकर्स संघले लघुवित्त संस्थाहरूविरुद्ध संघर्ष समिति नामक समूहले सुनियोजित तवरले आन्दोलन गरी कार्यक्रममा अवरोध सृजना गर्ने, कपोलकल्पित आक्षेप लगाई अनर्गल प्रचार गर्ने र लघुवित्त कार्यक्रमलाई धराशयी बनाउने प्रयास गरिरहेको भन्दै आवश्यक कारबाही गर्न गृह मन्त्रालयको ध्यानाकर्षण गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij