२०८३ साउन ११ सोमबार

एन आई सी एशिया बैंकद्वारा ३० लाख बीमा रकम भुक्तानी

ई आर्थिक    मंगलबार, साउन ३१ २०७९
13.8K
Shares
एन आई सी एशिया बैंकद्वारा ३० लाख बीमा रकम भुक्तानी

ई–आर्थिक, काठमाडौं । एन आई सी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकका विभिन्न शाखामा बचत खाता खोल्नु भएका ३ जना ग्राहक महानुभावहरुको दुर्घटनामा परी मृत्यु भएकाले ग्राहकलाई उपलब्ध गराइएको बीमा लाभ अन्तर्गत मृतक खातावालका परिवारलाई बीमा वापत प्रतिव्यक्ति रू. १० लाखको दरले कुल रू. ३० लाख बीमा रकम भुक्तानी गरेको छ ।

बीमा लाभ प्राप्त गर्नुहुनेमा यस बैंकको त्रिपुरेश्वर शाखामा प्ःऋ ब्mदबककबमयच बचत खाता खोल्नुभएको स्व. शिव प्रसाद सुवेदीको श्रीमती लक्ष्मी ढकाल, ग्वार्को शाखामा सर्वश्रेष्ठ सहज बचत खाता खोल्नुभएको स्व. टंक प्रसाद घिमिरेको श्रीमती डिली मै घिमिरे र सुदुर पश्चिम प्रदेश साँफेबगर शाखामा सर्वश्रेष्ठ बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोल्नुभएको स्व. ज्ञान बहादुर चौधरीको श्रीमती अनिता चौधरी हुनुहुन्छ ।

निज खातावालहरुको हिताधिकारीहरुलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र सुदुरपश्चिम प्रदेश प्रमुख सुवास जोशीले फरक फरक कार्यक्रमका बिच बीमा रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो । बैंकले सो बीमा रकम नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो ।

यस बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका १४६७ जना भन्दा बढी ग्राहक महानुभावहरूले घातक रोग बीमा वापत रू. २ करोड ४० लाख, दुर्घटना बीमा वापत रू. ७० लाख र मेडिकल बीमा वापत रू. ३ करोड ३ लाख गरी कुल रू. ६ करोड १३ लाख भन्दा बढी बीमा रकम प्राप्त गरिसक्नुभएको छ ।

देशको दुरदराजमा रहेका लाखौं ग्राहक महानुभावहरू माझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सी एशिया बैंकले निक्षेप रकमको १० गुणासम्म मुद्दती रकम फिर्ता हुने उच्च प्रतिफलको साथमा ४ जनालाई ५ वर्षको लागि रू. ८४ लाखसम्मको बीमा सुविधा रहेको ‘एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ सार्वजनिक गरेको छ ।

साथै सर्वाधिक उच्च ब्याजदर, पाँच वर्षसम्म निःशुल्क रू. ८४ लाखसम्मका ३ बीमा (१८ वटा घातक रोगहरूको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा) सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू भएको सर्वश्रेष्ठ बचत खाता योजना ग्राहक महानुभावहरू सामू ल्याएको छ । यस बचत योजना अनुसार ग्राहक महानुभावले प्राप्त गर्नुहुने बीमा, कर्जा सम्बन्धी सुविधाहरू लगायत डेबिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता, मेरो शेयर खाता, ई–कमर्श नवीकरण, चेक क्लियरिङ, आरटिजिएस, आइपिएस÷सी आइपिएस÷फन्ड ट्रान्सफर, लकर मार्जिन, लकर सेवा र एटिएम सेवाहरू ग्राहक महानुभाव एवं निजले मनोनित गर्नुभएका अन्य ३ व्यक्तिहरूका लागि समेत पाँच वर्षको लागि पूर्ण रुपमा निःशुल्क हुने व्यवस्था बैंकले गरेको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५५ जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु¥याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा करिब रू. ३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन बैंक सफल भएको छ ।

जुन समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशत भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij