२०८३ साउन ११ सोमबार

बैंकिङ कसूर मुद्दाका प्रतिवादी गुप्ता पक्राउ

ई आर्थिक    सोमबार, साउन २३ २०७९
9.4K
Shares
बैंकिङ कसूर मुद्दाका प्रतिवादी गुप्ता पक्राउ

ई–आर्थिक, काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका–१० ज्योतिनगर एकतावस्ती कपन बस्ने सर्लाही ब्रम्हपुरी गाउँपालिका–२ घर भएका ३४ वर्षीय रोशन कुमार गुप्तालाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

उच्च अदालत पाटनको २०७७ फागुन २३ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा चार दिन कैद र १० लाख रुपियाँ जरिवाना ठहर भइ फरार रहेका गुप्तालाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१० ज्योतिनगर एकतावस्ती कपनबाट पक्राउ गरेको हो ।

गुप्ताले आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारी सानिमा वैंक लिमिटेड काठमाडौंमा रहेको खाताबाट रकम भुक्तान हुने भनी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले फैसला गरेको थियो । फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij