२०८३ साउन १२ मंगलबार

श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको आइपीओ २ लाख २७ हजार २ आवेदकलाई

ई आर्थिक    बुधबार, साउन १८ २०७९
3.5K
Shares
श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको आइपीओ २ लाख २७ हजार २ आवेदकलाई

ई–आर्थिक, काठमाडौं । श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको सासाधारण सेयर (आइपीओ) आज बुधबार बाँडफाँड भएको छ । बुधबार कम्पनीको आइपीओ बिक्री प्रबन्धक सानिमा क्यापिटलले गोलाप्रथा विधिधमार्फत् आइपीओ बाँडफाँट गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित २३ लाख ८९ हजार ५०० कित्ता आइपीओ बिक्री खुला गरेको थियो । जसमा कुल १५ लाख ४३ हजार ९४५ जनाले आवेदन दिएका परेको थियो भने जसमध्ये १५ लाख ३९ हजार ५०५ आवेदन योग्य भएका थिए ।

योग्य आवेदनमध्ये २ लाख २७ हजार २ आवेदकलाई आइपीओ बाँडफाँड गरिएको हो । जसमध्ये ५ जनालाई ११ कित्ता र बाँकीलाई १० कित्ताका दरले आइपीओ बाँडफाँड भएको हो ।

लगानीकर्ताले केही समयपछि बिक्री प्रबन्धक सानिमा क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन्। साथै, श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट बाट पनि रिजल्ट हेर्न सकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij