ई–आर्थिक, काठमाडौं । मौद्रिक नीति शुक्रबार सार्वजनिक हुने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष मौद्रिक नीतिको ब्रिफिङ गरेसँगै शुक्रबार मौद्रिक नीति आउने निश्चित भएको हो ।
अधिकारीले साँझ ६ बजे बालुवाटारमा मौद्रिक नीतिको ब्रिफिङ गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
गभर्नर अधिकारीले प्रधानमन्त्रीसमक्ष मौद्रिक नीतिको ब्रिफिङ गरेका कारण अब नीति ल्याउन शुक्रबार बिहान सञ्चालक समितिको बैठक तय भएको छ ।
बिहीवार बिहान मौद्रिक नीतिबारे गभर्नरले बिफ्रिङ गर्ने तयारी भए पनि प्रधानमन्त्रीको समय अभावका कारण साँझलाई सारिएको हो ।
नेपाल राष्ट्र बैंकले शुक्रबार बिहान ८ बजे सञ्चालक समितिको बैठक बोलाएको छ ।
जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएपछि प्रधानमन्त्री देउवाले नै अहिले अर्थ मन्त्रालयको जिम्मा लिएका छन् ।