२०८३ साउन ११ सोमबार

एसईई परीक्षाको नतिजा सोमबार प्रकाशन हुँदै

ई आर्थिक    बिहिबार, साउन ५ २०७९
10.6K
Shares
एसईई परीक्षाको नतिजा सोमबार प्रकाशन हुँदै

ई–आर्थिक, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सोमबार प्रकाशन हुने भएको छ ।

बोर्डले अन्तिम तयारी गरेको र सोमबार नजिता प्रकाशन तयारी अन्तिम भएको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ ।

उत्तरपुस्तिका परीक्षणको काम सम्पन्न गरी संपरीक्षणको कामसमेत अन्तिम चरणमा पुगेकाले कम्प्युटर इन्ट्री गर्ने, रुजु गर्नेलगायतका काम सकिने क्रममा रहेको बोर्डले जनाएको छ ।

प्राप्ताङ्क इन्ट्री गर्ने, मिस म्याच गर्ने र टेबुलेसन गर्ने काम भइरहेको जनाएको छ । दुई हजार सात परीक्षा केन्द्रबाट चार लाख ८८ हजार ७४२ परीक्षार्थीले परीक्षा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij