२०८३ साउन ११ सोमबार

नेपाल टेलिकमको सेवा दस्तुर तीन प्रतिशतले घटयो

ई आर्थिक    आइतबार, साउन १ २०७९
2.3K
Shares
नेपाल टेलिकमको सेवा दस्तुर तीन प्रतिशतले घटयो

ई–आर्थिक, काठमाडौं । नेपाल टेलिकमले उपलब्ध गराइरहेको विभिन्न सेवाको महशुलमा आज आइतबारदेखि नयाँ दर लागू हुने भएको छ ।

नेपाल सरकारले हाल लिँदै आएको १३ प्रतिशत दूरसञ्चार सेवा दस्तुरलाई आजदेखि लागू हुनेगरी १० प्रतिशतमा झारेर नयाँ दर लागू गरिएको हो ।

टेलिकम कार्यालयका अनुसार हाल उपलब्ध गराइरहेको प्याकेज बाहेकको साधारण महसुल दरअन्तर्गतका भ्वाइस र डाटा सेवा तथा पीएसटीएन, एडीएसएल र एफटीटीएच लगायतका सेवाको महशुलमा समेत यसअघि लाग्दै आएको दस्तुरमा ३ प्रतिशत रकम स्वतः घट्नेछ ।

यसैगरी साउन १ देखि समर अफरअन्तर्गत विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराइएको सहप्रवक्ता रञ्जित लोहियाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij