ई–आर्थिक, काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले असार १ गतेदेखि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले आज (असार ३० गते) एक सूचना जारी गर्दै असार २९ गते बुधवार बाँडफाँट गरेको जानकारी गराएको हो ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि असार १ गतेदेखि २२ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । स्थानीयमा जारी पूँजी रू। ५८ करोड ८० लाख ३६ हजार ९०० को १० प्रतिशतले हुन आउने प्रतिशेयर रू। १०० अंकित मूल्यका ५ लाख ८८ हजार ३७ कित्ता साधारण शेयर निष्कासन गरेको थियो ।
आईपीओ विक्री प्रबन्धकमा बिओके क्यापिटल लिमिटेड रहेको थियो ।