२०८३ साउन १० आइतबार

विदेशी लगानी भित्र्याउन ग्लोबल आइएमईको बेलायतको लण्डनमा बृहत् अन्तरक्रिया कार्यक्रम

ई आर्थिक    बुधबार, असार २९ २०७९
3.3K
Shares
विदेशी लगानी भित्र्याउन ग्लोबल आइएमईको बेलायतको लण्डनमा बृहत् अन्तरक्रिया कार्यक्रम

ई–आर्थिक, काठमाडौं । ग्लोबल आइएमई बैंकले नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा तथा वैदेशिक लगानी भित्र्याउने सम्बन्धमा बेलायतको लण्डनमा सोमवार बृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

लण्डनस्थित बैंकको वैदेशिक प्रतिनिधि कार्यालय र सृजनशील लेस्टर नेपाल, बेलायतद्वारा संयुक्त रूपमा आयोजित उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकले विदेशमा रहने नेपालीलाई लक्षित गरी नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा ल्याएको विषयमा जानकारी दिइएको थियो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवं ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालीलाई विदेशी मुद्रामा खाता खोल्ने सुविधा दिएको सम्बन्धमा जानकारी गराएका थिए ।

‘अहिले मुलुकमा विदेशी मुद्राको सञ्चिति घटेको र रेमिट्यान्सको आप्रवाह पनि घटेको अवस्थामा नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने र नेपालमा थप वैदेशिक लगानी भित्र्याउनुपर्नेछ,’ उनले भने, ‘यसका लागि हामी फ्रन्टलाइनमा रहेर काम गर्न चाहन्छौं, तपाईंहरूले पनि सहयोग गर्नुपर्‍यो ।’ मुलुकको अर्थतन्त्रमा देखिएको संकट टार्न र मुलुकलाई थप आर्थिक संकटबाट मुक्त गर्न सबै नेपालीले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उनले बताए ।

‘यसका लागि तपाईंहरूले नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोलिदिनुपर्‍यो । नेपालमा थप वैदेशिक लगानी भित्र्याउन सहजीकरण गरिदिनुपर्‍यो,’ उनले भने । बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज वज्राचार्यले नेपाल राष्ट्र बैंकले ल्याएको विदेशी मुद्रामा खाता खोल्ने प्रावधानबारे प्रकाश पारेका थिए ।

कार्यक्रममा सृजनशील लेस्टर नेपाल, युकेका पदाधिकारी, गैरआवासीय नेपाली संघका प्रतिनिधि एवं नेपाली समुदायको ठूलो सहभागिता रहेको थियो । त्यसअघि नेप्लिज एकाउन्टेन्ट्स एशोशिएसन, यूकेसँगको अन्तरक्रियामा बैंकका अध्यक्ष ढकालले नेपालमा वैदेशिक लगानीका लागि बेलायतका व्यवसायी तथा लगानीकर्तालाई सहजीकरण गर्न एशोसिएशनलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij