ई–आर्थिक, काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले मादी पावर कम्पनीलाई १२ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । गतवर्ष आएको बाढीका कारण भएको क्षतिको बीमाबापत कम्पनीले १२ करोड ३ लाख ९ हजार ३५२ रुपैयाँ भुक्तानी गरेको हो ।
मादी पावर कम्पनीका जनरल म्यानेजर वेई जुन्चाओलाई इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले बीमाबापतको रकम हस्तान्तरण गरेका थिए ।