२०८३ साउन ११ सोमबार

हिमालयन बैंकका अध्यक्ष श्रेष्ठले अख्तियार प्रयोग गरेर भाँडे सिभिल बैंकसँगको मर्जर !

ई आर्थिक    शुक्रबार, असार २४ २०७९
4.9K
Shares
हिमालयन बैंकका अध्यक्ष श्रेष्ठले अख्तियार प्रयोग गरेर भाँडे सिभिल बैंकसँगको मर्जर !

ई–आर्थिक, काठमाडौं । अन्तिम समयमा आएर हिमालयन बैंक र सिभिल बैंक मर्जर प्रक्रिया पनि भाडिएको छ । यी दुबै बैंक मर्जरमा जाने अन्तिम सम्झौताको तयारीमा थियो । हिमालयन बैंकले बखेडा निकाले पछि मर्जर भाँडिएको हो ।

हिमालयनसँग सिभिलसँगै नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जर भाडिएको थियो । यस अघि लामो समयसम्म नेपाल इन्भेष्टमेन्ट बैैंकसँग मर्जरको लागि प्रक्रियामा रहेता पनि अन्तम चरणमा आएर हिमालयन–इन्भेष्टमेन्ट मर्ज हुन सकेको थिएन ।
घटना प्रकृति हेर्दा इन्भेष्टमेन्ट बैंककै जस्तो सिभिल बैंकसँग मर्जर भाँडिएको कुरा मेल खाएको छ ।

हिमालयन बैंकका अध्यक्ष प्रचण्डमान श्रेष्ठले बखेडा झिकेपछ मर्जर प्रक्रिया भाडिएको सिभिल बैंक स्रोतले जानकारी दिएका छन् ।

श्रेष्ठले सिभिल बैंकलाई दिने शेयर अनुपातमा बखेडा झिकेपछि मर्जर स्थगित भएको सिभिल बैंक स्रोतको भनाई छ ।

हिमालयनले सिभिललाई प्रति कित्ता ८१ रुपैयाँका दरले गाभ्ने सहमति गरेको थियो । त्यही सहमति अनुसार, मर्जरका लागि औपचारिक सम्झौता गर्ने मिति र समय तय गरिएको थियो । तर, यो बीचमा हिमालयन बैंकका अध्यक्ष श्रेष्ठले इन्भेष्टमेन्ट बैंकमा गरेजस्तै बखेडा झिके पछि अहिले दुई बैंकबीचको मर्जर प्रक्रिया भाडिन पुगेको बैंक स्रोतले उल्लेख गरेको छ ।

मर्जरपछि नाम हिमालयन बैंक रहने, सञ्चालक समिति हिमालयन बैंककै हुने, प्रमुख कार्यकारी अधिकृत पनि हिमालयन बैंकले नै पाउने, सिभिल बैंकका प्रमुख कार्यकारीलाई वरिष्ठ डेपुटी प्रमुख कार्यकारी दिइने सहमति पछि दुबै बैंक मर्जर संझौताको अन्तिम तयारीमा थिए ।

सबै कुरा मिलेपछि श्रेष्ठले अख्तियार दूरुपयोग अनुसन्धान आयोग प्रयोग गरेर कर्मचारी सञ्चय कोषमार्फत मर्जर भाँडेका बाडेको सिभिल बैंक स्रोतले लगाएको छ ।

इन्भेष्टमेन्ट बैंकसँगको मर्जर पनि श्रेष्ठले नै अख्तियार प्रयोग गरेर भाँडेका आरोप लागेको छ । इन्भेष्टमेन्टसँग मर्जर भाँडिएपछि राष्ट्र बैंकले हिमालयन बैंकलाई विभिन्न कारबाही समेत गरेको छ । साथै वर्ष दिनभित्र अर्को संस्था खोजेर मर्जर गर्न निर्देशन दिएको थियो ।

यो मर्जर भाँडिएपछि हिमालयनले मर्जरको लागि अन्य बैंक पाउने संभावना कम देखिएको छ । एक बैंकका सञ्चालकले भने– ‘हिमालयनले अब अर्को बैंकसँग मर्जरको पहल भएपनि अन्तिम समयमा इन्भेष्टमेन्ट र सिभिलको जस्तै नियति हुनसक्छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij