२०८३ साउन ११ सोमबार

अपर हेवाखोला हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

ई आर्थिक    शुक्रबार, असार २४ २०७९
5.8K
Shares
अपर हेवाखोला हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

ई–आर्थिक, काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनीले आज (असार २४ गते) देखि साधारण सेयर (आईपीओ) आवेदन दिन सकिने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले १५ लाख कित्ता साधारण शेयर निष्कासन गरेको जानकारी दिएको छ ।

निष्कासन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात् ३० हजार कित्ता कर्मचारीहरूका लागि ५ प्रतिशत अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । बाँकी १३ लाख ९५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन । आईपीओमा आवेदन दिने समय असार २८ गतेसम्म रहेको छ । उक्त समयसम्म माग बमोजिम आवेदन नपरेमा साउन ६ गतेसम्म आवेदन दिने समय थप गरिने छ ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट पनि लगानीकर्ताले आवेदन दिन सक्नेछन् । यसका साथै मेरो शेयरको वेबसाइट तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ ।

कम्पनीको अधिकृत पूँजी ५० करोड रुपैयाँ रहेको छ भने जारीपूँजी ५० करोड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी ३० करोड रुपैयाँ रहेको छ । आईपीओ निष्कासनपछि कम्पनीको चुक्तापूँजी ५० करोड रुपैयाँ पुग्ने छ ।

आईपीओबाट प्राप्त हुने रकम आयोजना निर्माणका लागि विभिन्न बैंकहरूबाट लिइएको कर्जा रकमको भुक्तानीमा उपयोग गर्नेछ । कम्पनीमा संस्थापक शेयरधनीको ६० प्रतिशत, आयोजना प्रभावित क्षेत्रका बासिन्दाको १० प्रतिशत र कर्मचारीसहित सर्वसाधारण शेयरधनीको ३० प्रतिशत शेयर हिस्सा रहने छ ।

कम्पनीलाई केयर रेटिङ नेपाल लिमिटेडले केयर–एनपी डबलबी (आईएस) निष्कासनकर्ता रेटिङ्ग प्रदान गरेको छ । उक्त रेटिङ्गले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ । आर्थिक वर्ष २०७७र७८ सम्म कम्पनीको प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ रहेको छ ।

कम्पनीले आफ्नो वित्तीय विवरणमा प्रतिशेयर आम्दानी र खुद नाफा देखाएको छैन् । तर, आर्थिक वर्ष २०८०र८१ सम्म कम्पनीले ५ करोड ९९ लाख रूपैयाँ खुद नाफा हुने प्रक्षेपण गरेको छ ।
कम्पनीले दोस्रो बजारमा पहिलो कारोबारका लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्म मूल्यरेञ्ज पाउने देखिन्छ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि वास्तविक प्रतिशेयर नेटवर्थको ३ गुणासम्म मूल्यरेञ्ज तोक्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij