२०८३ साउन ११ सोमबार

भरतपुर विमानस्थलको टावर नजिकै आगलागी

ई आर्थिक    आइतबार, असार १२ २०७९
2.8K
Shares
भरतपुर विमानस्थलको टावर नजिकै आगलागी

ई–आर्थिक, काठमाडौँ : भरतपुर विमानस्थलको टावर नजिकै आज बिहान लागेको आगो लागेको छ । सो आगलागी भएको १० मिनेटमै नियन्त्रणमा लिइएको छ ।

आगलागीबाट टावरमा कुनै नोक्सानी नभएका कारण विमान उडान र अवतरणमा कुनै बाधा नहुने जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिए ।

उनका अनुसार बिहान पौने ४ बजेको समयमा टावरनजिक बिजुलीको तार सर्ट भएर एक्कासी आगो लागेको थियो ।

बिजुलीको तार, इन्टरनेटको तार र टेलिफोनको तारमा क्षति पुगे पनि विमानस्थलको टावरमा कुनै क्षति नभएको र सेवा सञ्चालन हुने उनको भनाइ छ ।

आगो छोटो समयमै नियन्त्रणमा लिइएकाले थप क्षति हुनबाट जोगिएको सूचना अधिकारी अधिकारीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij