ई–आर्थिक, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले वेबसाइट मार्फत बिभिन्न आवश्यक सेवाहरुको लागि निवेदन दिन मिल्ने ब्यवस्था गरेको छ । आफ्ना ग्राहकहरुको वित्तीय आवश्यकताहरु थप सहज ढंगबाट परिपूर्ति गर्ने अभिप्रायका साथ बैंकले यस्तो सेवा प्रदान गर्न थालेको जनाएको छ ।
प्रारम्भिक रुपमा ग्राहकहरुले बैंकमा नगई आफ्नो डिम्याट, मेरो सेयर, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा क्युआर कोड लगायतका सेवाहरुको लागि अनलाइन मार्फत नै निवेदन दिन सक्ने व्यवस्था बैंकले गरेको छ ।
वेबसाइट मार्फत ग्राहकहरुले मोबाइल तथा इन्टरनेट बैंकिङको निःशुल्क रेजिष्ट्रेशनरबन्द गर्नरपासवर्ड रिसेट, मेरो शेयरको रजिष्ट्रेशनरनविकरणरपासवर्ड रिसेट, सि। आर। एन नम्बर दर्ता तथा जानकारी, क्यु आर कोडको दर्तारपासवर्ड रिसेट जस्ता सेवा घरैबाट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने र डिजिटल बैंकिङ सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ । निकट भविष्यमा अन्य थुप्रै सेवाहरुलाई यसमा समावेश गर्दै लाने उद्देश्यका साथ कार्य भइरहेको जानकारी बैंकले गराएको छ ।
वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यसअघि नै बैंकले कियोस्क, ई.के.वाई.सी तथा नागरिक एप मार्फत अनलाइन खाता खोल्न सक्ने जस्ता सुविधाको सुरुवात गरी सकेको छ ।