२०८३ साउन ११ सोमबार

उत्तर कोरियाद्वारा एकसाथ आठ ब्यालेस्टिक मिसाइल प्रहार

ई आर्थिक    आइतबार, जेष्ठ २२ २०७९
6K
Shares
उत्तर कोरियाद्वारा एकसाथ आठ ब्यालेस्टिक मिसाइल प्रहार

ई–आर्थिक, काठमाडौं । उत्तर कोरियाले आइतबार बिहान पूर्वी तटमा एकसाथ आठ छोटो दूरीका ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ ।

दक्षिण कोरिया र अमेरिकाले आफ्नो पहिलो संयुक्त सैन्य अभ्यास एक दिनअघि सम्पन्न गरेपछि उत्तर कोरियाले मिसाइल प्रहार गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

रोयटर्सका अनुसार यी मिसाइलहरू उत्तर कोरियाको राजधानी प्योङयाङको सुनान क्षेत्रबाट प्रहार गरिएको थियो ।

यसैगरी, जापानको क्योडो समाचार एजेन्सीले सरकारी स्रोतलाई उद्धृत गर्दै उत्तर कोरियाले एकैपटक धेरै मिसाइल प्रहार गरेको जनाएको छ ।

अमेरिकी विशेष दूतसँग किम जोङ दक्षिण कोरियाको भ्रमणमा गएपछि उत्तर कोरियाले यस्तो गरेको हो ।

उनले आफ्ना दक्षिण कोरिया र जापानी समकक्षीसँग भेट गरेका थिए । सन् २०१७ यता उत्तर कोरियाले पहिलो पटक आणविक परीक्षण गर्ने सम्भावना छ ।

अमेरिकाले उत्तर कोरियालाई आफ्नो कूटनीतिको ढोका खुला रहेको र प्रतिबन्धहरू खुकुलो पार्ने विषयमा छलफल गर्न पनि तयार रहेको स्पष्ट रूपमा बताएको छ ।

गत साता अमेरिकाले उत्तर कोरियाविरुद्ध संयुक्त राष्ट्रसंघमा थप प्रतिबन्ध लगाउन चाहेको थियो, तर चीन र रुसले त्यसको विरोध गरेका थिए ।

सन् २००६ पछि चीन र रुसले उत्तर कोरियामाथि प्रतिबन्ध लगाउन संयुक्त राष्ट्र सुरक्षा परिषदमा भिटो लगाएको यो पहिलो पटक हो । २००६ मा उत्तर कोरियाले आफ्नो पहिलो परमाणु परीक्षण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij