२०८३ साउन ११ सोमबार

सगरमाथा जलविद्युतले आईपीओ जारी गर्ने

ई आर्थिक    शनिबार, जेष्ठ २१ २०७९
4.5K
Shares
सगरमाथा जलविद्युतले आईपीओ जारी गर्ने

ई–आर्थिक, काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारणमा रू. ५४ करोड ८८ लाख बराबरको ५४ लाख ८८ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो । सर्वसाधारणमा जारी हुन लागेको कुल कित्ता आईपीओमध्ये आयोजना प्रभावित स्थानीयका लागि रू। ११ लाख २० हजार कित्ता, सर्वसाधारण, कर्मचारी तथा सामुहिक लगानी कोषका लागि रू. ४३ लाख ६८ हजार कित्ता छुट्याइएको छ ।

कम्पनीले उक्त आईपीओ निष्कासनका लागि विक्री प्रबन्धक नियुक्त गर्ने कार्य सम्पन्न गरेको छ । प्रभु क्यापिटल लिमिटेडलाई जेठ १९ गते कम्पनीले विक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

विक्री प्रबन्धक नियुक्त गरेको सम्झौता पत्रमा सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडकातर्फबाट कम्पनीका अध्यक्ष डा। भोगेन्द्र कुमार गुरागाईं तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

कम्पनीले इलाम जिल्ला इलाम नगरपालिका वार्ड नं। २, ३ र ५ स्थित माई खोलामा सुपरमाई जलविद्युत ‘ए’ आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ ।

आयोजनाको क्षमता ९ दशमलव ६ मेगावाट रहेको छ । आयोजनाले २०७७ जेठ ३२ देखि जलविद्युत् उत्पादन शुरु गरिसकेको र आयोजनाले शतप्रतिशत क्षमतामा विद्युत् उत्पादन गरिरहेको कम्पनीका प्रबन्धक सञ्चालक भूषण गुरागाईले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij