ई–आर्थिक, काठमाडौं । झापाको बिर्तामोडमा ‘वेकरिज द केक सप’ सञ्चालनमा आएको छ । विशेषगरी झापालाई केन्द्रविन्दुमा राखेर व्यवसाय सञ्चालन गर्दै आएका युवा व्यवसायीहरू दिपेन्द्र राउत र उनका भाई उमेश राउतले सञ्चालनमा ल्याएका हुन् ।
उनीहरुले यसअघि न्यू पाथीभारा ट्रेड कन्सर्न, शिखर बजार, शिखर बचत तथा ऋण सहकारीलगायत आधा दर्जनजति व्यवसायीक संस्था स्थापना गरी सयौंलाई प्रत्यक्ष अप्रत्यक्ष रोजगारी दिइरहेका छन् ।

उक्त सपमा २५ लाखको बढीको लगानी रहेको विर्तामोड उद्योग बाणिज्य संघका कोषाध्यक्ष समेत रहेका सञ्चालक दिपेन्द्र राउतले जानकारी दिए ।
वेकरी सम्वन्धी सम्पूर्ण परिकारका साथै पेय पदार्थ समेत उपलव्ध गराउने उद्देश्यले ‘वेकरिज द केक सप’ सञ्चालनमा ल्याइएको राउतले जानकारी दिए ।

उक्त सपबाट १० किलोमिटर आसपासका क्षेत्रमा होम डेलिभरीको समेत व्यवस्था मिलाइएको अर्का सञ्चालक उमेश राउतले बताए ।

त्यस्तै बिदेश अध्ययन तथा रोजगारका लागि जाने युवा युवतीलाई लक्षित गरी वारिष्टा कफि स्कूल समेत सञ्चालनमा ल्याएको राउत जानकारी दिए । वारिष्टा कफि स्कूलमा विदेश जाने तथा स्वदेशमै स्वरोजगार वन्न कफि तालिम लिन चाहनेहरुका लागि वेैशिक १५ दिने र एडभान्स ३५ दिने कफि बनाउने तालिम उपलव्ध गराउने उनले बताए ।

राउतका अनुसार उक्त स्कूलबाट हाल १६ जनाले तालिम लिइरहेको छन् ।

फ्रेस, गुणस्तरीय र उत्कृष्ट सेवामा आफूहरु प्रतिबद्ध रहेको उनीहरुको भनाई छ ।