२०८३ साउन ११ सोमबार

राष्ट्र बैंकमा रिक्त दुई सञ्चालकको पद पूर्ति, डा. आचार्य र शिवाकोटी नियुक्त

ई आर्थिक    बुधबार, जेष्ठ ११ २०७९
9.4K
Shares
राष्ट्र बैंकमा रिक्त दुई सञ्चालकको पद पूर्ति, डा. आचार्य र शिवाकोटी नियुक्त

ई–आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालकमा दुई नयाँ सञ्चालकलाई नियुक्त गरिएको छ । मन्त्रिपरिषद्को निर्णयले डा.शंकरप्रसाद आचार्य र चिन्तामणि शिवाकोटीलाई नियुक्त गरेको हो ।

आचार्य नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन भने शिवाकोटी पूर्व डेपुटी गभर्नर हुन् ।

राष्ट्र बैंकका सञ्चालकद्वय श्रीराम पौडेल र रामजी रेग्मीको पदावधि गत वैशाखमा सकिएको थियो । सो बेलादेखि रिक्त रहेको संचालकहरु अहिले नियुक्त गरेको हो ।

राष्ट्र बैंकको सञ्चालकको लागि चिन्तामणी सिवाकोटी, डा. शंकरप्रसाद आचार्य र दिलीप ढुंगानाको नाम सिफारिस भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij