२०८३ साउन १२ मंगलबार

ई एग्रीकल्चरले देशमा कृषि क्रान्ति ल्याउने मन्त्री यादवको दाबी

ई आर्थिक    बिहिबार, जेष्ठ ५ २०७९
8.1K
Shares
ई एग्रीकल्चरले देशमा कृषि क्रान्ति ल्याउने मन्त्री यादवको दाबी

ई–आर्थिक, काठमाडौं । कृषि तथा पशुपंछी विकास मन्त्री महेन्द्र राय यादवले सुचना प्रविधीको अधिकतम प्रयोगले देशमा कृषि क्रान्ति ल्याउने उद्घोष गर्नु भएको छ । उक्त कुरा मंत्री यादवले राजधानीमा आयोजित लर्ड बुद्ध एजुकेशन फाउण्डेशनको १२ औं दिक्षान्त समारोहमा बताउनु भएको हो ।

कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै मन्त्री यादवले दिक्षीत विद्यार्थीहरुलाई नेपाल मै बसेर कृषि क्षेत्रमा सुचना प्रविधिको प्रयोग गरेर नेपाललाई कृषिमा आयतमुखि मुलुकबाट परिवर्तन गरी निर्यातमुखि मुलुकमा परिणत गर्न आव्हान गनृुभयो ।

उहाँले नेपालमै बसेर अन्तर्राष्ट्रिय शैक्षिक संस्थासँग आवद्ध संस्थामा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरुको लागि लर्ड बुद्धको एपीयु सँगको सहकार्यले अवश्य पनि फलदायी हुने कुरामा आशावादी रहेको बताउनु भयो ।

मुलुक कै पहिलो आईटी कलेजको रुपमा स्थापित लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले आफ्नो स्थापना कालदेखि नै अन्तर्राष्ट्रिय शैक्षिक संस्थाहरुसँग आवद्ध भई नेपालमै सस्तो र सुलभ तरिकाबाट सुचना प्रविधि र व्यापार व्यवस्थापन जस्ता अत्याधुनिक विषयहरुको पठन पाठन गर्दै आइरहेको र संस्थाले नयाँ किसिमको रोजगारीमुखी कार्यक्रमहरुको अवधारणालाई विशेष महत्वका साथ अवलम्बन गरेकोमा गर्व लागेको कुरा कार्यक्रमको अध्यक्षता गरीरहेका कलेजका अध्यक्ष पंकज जालानले भन्नुभयो ।

लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले एसिया प्यासिफिक यूनीभर्सिट, मलेसियासँग शैक्षिक सहकार्य गरी नेपालमा मै अन्तर्राष्ट्रिय सूचना प्रविधि र व्यवस्थापन संकायमा स्नातक र स्नातकोत्तर स्तरको अन्तर्राष्ट्रिय शिक्षा उपलब्ध गराउदैं आएको छ ।

१५० जना विद्यार्थी दिक्षित भएको कार्यक्रमा संस्थाका कार्यकारी निर्देशक प्रकाश कुमार केजरीवालले स्वागत मन्तव्य दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij