२०८३ साउन ११ सोमबार

सुवास नेम्वाङको गृह नगरमा काँग्रेसले जित्यो

ई आर्थिक    बुधबार, जेष्ठ ४ २०७९
3.7K
Shares
सुवास नेम्वाङको गृह नगरमा काँग्रेसले जित्यो

ई–आर्थिक, इलाम । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्बाङको गृह नगर इलाममा काँग्रेसका उम्मेद्वारले जित हाँसिल गरेका छन् । सो नगरपालिका प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका केदार थापा र विश्नु दाहाल विजयी भएका हुन ।

थापा १३ हजार एकसय ६५ मतका साथ विजयी वने भने उनका निकटतम प्रतिद्धन्दी धिरेन चेम्जुङले १० हजार पाँचसय ८७ मत प्राप्त गरे । उपाध्यक्षमा दाहालको १३ हजार पाँचसय ४२ मत आउँदा एमालेकी सिता रिजालको १० हजार ८८ मत आएको थियो ।

गत स्थानीय तहको निर्वाचनमा प्रमुख र उपप्रमुखमा एमालेकै उम्मेद्वार विजयी बनेका थिए । १२ वटा वडा रहेको इलाम नगरपालिकामा नेकपा एमालेले २ नं वडा प्यानलै जितेको छ भने ३ नं वडामा वडाध्यक्ष जितेको छ । त्यस्तै १ नं वडामा वडासदस्य र ११ नं. वडामा २ सदस्य बाहेक बाँकी सबै काँग्रेसले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij