२०८३ साउन १२ मंगलबार

लुम्बिनी विकास बैंकले एक अर्बको ऋणपत्र जारी गर्ने

ई आर्थिक    आइतबार, जेष्ठ १ २०७९
12.3K
Shares
लुम्बिनी विकास बैंकले एक अर्बको ऋणपत्र जारी गर्ने

ई–आर्थिक, काठमाडौं । लुम्बिनी विकास बैंकले एक अर्ब बराबरको ऋणपत्र जारी गर्ने भएको छ । एक हजार रुपैयाँ अंकित दरको १० लाख कित्ताले हुन आउने एक अर्ब रकम बराबरको ‘११ प्रतिशत एल.बि.बि.एल डिबेन्चर २०८९’ ऋणपत्र जारी गर्न लागिएको बैंकले जानकारी दिएको छ ।

जसका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त ऋणपत्रको अवधि १० वर्ष रहेको छ भने ब्याजदर ११ प्रतिशत प्रतिशत रहेको छ ।

उक्त सम्झौतामा बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र नबिल इन्भेष्टमेन्ट बैंकिङको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् । ऋणपत्र नियमनकारी निकायहरुको स्वीकृति पश्चात निस्कासन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij