ई–आर्थिक, काठमाडौं । बीमा क्षेत्रमा पहिलो मर्जर हुने भएको छ । यसका लागि हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीले मर्जरका प्रक्रिया आरम्भ भएको छन् ।
हिमालयन जनरल इन्स्योरेन्स कम्पनीका सिईओ बिजय बहादुर शाहले मर्जरका लागि दुई कम्पनीबीच समझदारी पत्रमा हस्ताक्षर गरिएको बताए ।
बीमा समितिले २०८० असार मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुलाई २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउनै पर्ने व्यवस्था गरिदिएको छ । हकप्रद सेयरबाट पुँजी बढाउन नदिने बीमा समितिको अडानपछि बीमा कम्पनीहरु मर्जरका लागि तयार हुने विश्वास गरिएको थियो ।