२०८३ साउन ११ सोमबार

इन्फोडेभलपर्सको सीओओमा डा. राजिव सुब्बा नियुक्त

ई आर्थिक    मंगलबार, बैशाख १३ २०७९
4.4K
Shares
इन्फोडेभलपर्सको सीओओमा डा. राजिव सुब्बा नियुक्त

ई–आर्थिक, काठमाडौं । नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्सको संचालक समितिको निर्णय अनुसार प्रमुख सञ्चालन अधिकृत (सीओओ) मा डा. राजिव सुब्बा नियुक्त भएका छन् ।

सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा लामो अनुभव भएका सुब्बाले अमेरिकाको हवाई विश्वविद्यालयबाट सञ्चार तथा सूचना विज्ञान विषयमा पीएचडी गरेका छन् । साथै उनीसँग सञ्चार, सूचना प्रविधि र व्यवस्थापनमा २५ वर्षभन्दा लामो अनुभव रहेको छ ।

नेपाल प्रहरीको पूर्व डीआईजी सुब्बाले प्रहरीको सञ्चार निर्देशनालयको प्रमुख भएर समेत काम गरिसकेका छन् । नेपाल प्रहरीमा नयाँ नयाँ संचार तथा सूचना प्रविधि भित्राउनुका साथै नेपाल प्रहरी संचारलाई डिजिटाइजेसन् गर्न उनको महत्वपूर्ण योगदान रहेको छ । सुब्बा हाल त्रिभुवन विश्वविद्यालय र किंग्स कलेजमा भिजिटिङ प्रोफेसरको रूपमा समेत काम गरिरहेका छन् ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा(प्रतिष्ठानबाट सम्मान पाएका सुब्बासँग राष्ट्रिय योजना आयोग, सयुक्त राष्ट्र संघ, संयुक्त राज्य अमेरिका, अन्तर्राष्ट्रिय व्यापार केन्द्र तथा क्यान महासंघ जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुमा पनि काम गरेको अनुभव छ ।

नव नियुक्त सीओओ सुब्बालाई इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उमेश रघुवंशीले एक कार्यक्रमका बीच स्वागत गर्दै सुब्बाको नेतृत्वमा इन्फोडेभलपर्स अझै उचाईमा पुग्ने बताए । सीईओ रघुवंशीले भने, ‘उहाँको नेतृत्वमा कम्पनीले नयाँ उचाइ छुने कुरामा म पूर्ण विश्वस्त छु ।’

२०५९ सालमा स्थापना भएको इन्फोडेभलपर्सले बैंकिङ तथा वित्तिय क्षेत्र लगायत नेपाल सरकार, अन्तर्राष्ट्रिय एजेन्सीहरुलाई प्राथमिकतामा राखेर आफ्ना सफ्टवेयर विकास गरेको छ । कम्पनीको सफ्टवेयरबाट ३५ लाख बढीले सेवा लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij