ई–आर्थिक, काठमाडौं । अभिनेत्री केकी अधिकारी आज विवाह बन्धनमा बाँधिने भएकी छन् । हाम्रोबजार डटकमका सिइओ रोहित तिवारीसँग आज विहीवार विवाह बन्धनमा बाँधिने भएकी हुन् । हिजो बुधबार केकी र रोहितले मेहन्दी उत्सव मनाएका थिए । पारिवारिक सदस्य र केही साथीभाइबीच दुईले मेहन्दी उत्सव मनाएका हुन् ।
रोहित फोर्ब्सको सन् २०२० मा एसियाबाट ३० वर्षमुनिका धनाढ्यको सूचीमासमेत परेका थिए । उनी फुडमारियोको समेत सिइओ हुन् । केकी र रोहितबीच केही समयदेखि प्रेम सम्बन्ध रहेको बताइएको छ ।