२०८३ साउन १२ मंगलबार

सेञ्चुरी बैंकद्वारा निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न, १०८ जना स्थानीय लाभान्वित

ई आर्थिक    बुधबार, चैत्र ९ २०७८
2.5K
Shares
सेञ्चुरी बैंकद्वारा निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न, १०८ जना स्थानीय लाभान्वित

ई–आर्थिक, काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड पेप्सीकोला शाखाले एकदिने निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न गरेको छ । सो शिविरमा १०८ जना स्थानीय बासिन्दाहरुले सेवा प्राप्त गर्नु भएको छ । उक्त कार्यक्रममा समाज डेण्टल हस्पिटल पेप्सीकोलाको प्राविधिक सहयोग रहेको थियो ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २६ शाखारहित बैंकिङ्ग र ११३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij