ई–आर्थिक, वीरगञ्ज । नेपाल घरेलु तथा साना उद्योग महासंघमा उमेश प्रसाद सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । यसअघि वरिष्ठ उपाध्यक्ष रहनुभएका सिंहले महासंघको संस्थापक सदस्यहुँदै विभिन्न जिम्मेवारीका साथै कार्यबाहक अध्यक्षको समेत जिम्मेवारी सम्हालिसक्नुभएको छ ।
महासंघको वीरगञ्जमा सम्पन्न २५ औ राष्ट्रिय महाधिवेशन तथा २२ औं राष्ट्रिय महिला उद्यमी सम्मेलनबाट निवर्तमान अध्यक्षमा श्यामप्रसाद गिरी, वरिष्ठ उपाध्यक्षमा सूर्यबहादुर कँडेल तथा उपाध्यक्षहरुमा लघु उद्यमतर्फ पूर्ण बहादुर भण्डारी, घरेलु उद्योगतर्फ प्रकाश रावल, साना उद्योगतर्फ चन्दन कृष्ण श्रेष्ठ, अन्तर्राष्ट्रिय सम्बन्ध मुकेश उपाध्याय, महिलातर्फ शोभा गुरुङ, वस्तुगततर्फ मोहन कटुवाल, एसोसिएटतर्फ शान्ता वास्कोटा कोइराला, सहकारीतर्फ सत्यनारायण प्रजापति, कृषितर्फ हरिहर थापा, पर्यटनतर्फ राजेन्द्रमान श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
महासंघको महासचिवमा डम्बर प्रसाद रेग्मी, कोषाध्यक्षमा अच्यूत पाण्डे, सचिवहरुमा दिपक बहादुर बुढा, सहकारीतर्फ भेषराज पाण्डे, वस्तुगततर्फ महेन्द्र बहादुर चित्रकार, एसोसिएटतर्फ रुद्रप्रसाद न्यौपाने, सहकोषाध्यक्षमा ज्ञानबहादुर खडका तथा ८० जना सदस्यहरु निर्वाचित हुनुभएको छ ।
यसैगरी महासंघकै केन्द्रिय महिला उद्यमी समितिमा रोशनी उपाध्यायको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । वरिष्ठ उपाध्यक्षमा रिता अवाल, उपाध्यक्ष उद्यम व्यवसायतर्फ कृष्णा कुमारी पाठक, उपाध्यक्ष संगठनतर्फ तारा आचार्य, महासचिवमा डा. सोनी महतो, कोषाध्यक्षमा मीना तामाङ्ग, सचिवमा दीपा शाक्य तथा १४ जना सदस्य रहनुभएको छ ।
नवनिर्वाचित अध्यक्ष सिंहले महासंघको गरिमालाई उच्च बनाउँदै लघु, घरेलु तथा साना उद्योगीहरुको हक हितमा काम गर्ने बताउनुभयो । महासंघको उपस्थितिलाई देशैभर व्यापक बनाउँदै लैजाने र लघु, घरेलु तथा साना उद्योगीहरुलाई आत्मस्वाभिमानका साथ अगाडि बढ्न सक्ने वातावरण बनाउन लागिपर्ने पनि उहाँले बताउनुभयो ।