२०८३ साउन १२ मंगलबार

ग्लोबल आइएमई बैंक र आईसीएफसी फाइनान्सबीच गैरकोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउन सम्झौता

ई आर्थिक    शुक्रबार, फाल्गुन २७ २०७८
3.2K
Shares
ग्लोबल आइएमई बैंक र आईसीएफसी फाइनान्सबीच गैरकोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउन सम्झौता

ई–आर्थिक, काठमाडौं । ग्लोबल आइएमई बैंक र आईसीएफसी फाइनान्सबीच उक्त फाइनान्सका ग्राहकलाई आवश्यक पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउन समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतामा ग्लोबल आइएमई बैंकका नायब महाप्रबन्धक कल्याणविक्रम पाण्डे र आईसीएफसी फाइनान्सका नायब महाप्रबन्धक लक्ष्मणप्रसाद जैसीले हस्ताक्षर गरे ।

सम्झौताअनुसार आईसीएफसी फाइनान्सका ग्राहकले आफ्नो व्यवसायलाई आवश्यक पर्ने गैरकोषमा आधारित प्रतीतपत्र ९लेटर अफ क्रेडिट०, बैंक ग्यारेन्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ आदि सुविधा ग्लोबल आइएमई बैंकमार्फत उपभोग गर्न सक्नेछन ।

दुई संस्थाबीच निक्षेप संकलन, रेमिट्यान्स, अन्तरबैंक कारोबार, निर्देशित लगानी, कन्सोर्टियम फाइनानसिङ र एफएक्स म्यानेजमेन्टलगायत सेवामा सहकार्य हुनेछ ।

हाल ग्लोबल आइएमई बैंकले २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ, ५० एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा मुलुकबाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत बैंकिङ सेवा दिँदै आएको छ । आईसीएफसी फाइनान्सले २० शाखा, १८ एटीएम र १ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij