२०८३ साउन ११ सोमबार

इजायल रोजगारी : एक हजार श्रमिकसँग सम्झौता

ई आर्थिक    सोमबार, फाल्गुन १६ २०७८
10.8K
Shares
इजायल रोजगारी : एक हजार श्रमिकसँग सम्झौता

काठमाडौं । इजरायलका रोजगारदाताले हालसम्म नेपालबाट एक हजार नेपालीलाई रोजगारी दिने गरी दोहोरो श्रम सम्झौता गरेका छन् । गोला प्रथाबाट अन्तिम छनोटमा परेका एक हजार १ सय ७५ मध्ये शनिबारसम्म एक हजार आठ श्रमिकसँग इजरायलका रोजगारदाताले रोजगार सम्झौता गरेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

शनिबारसम्म एक हजार आठ युवाले इजरायलको रोजगारदातासँग दोहोरो रोजगार सम्झौताको नामावली आएको हो । इजरायलका रोजगारदाताले पठाएको रोजगार सम्झौताका आधारमा विभागले पछिल्लो समय आएका १९ नामावलीमध्ये युवा पक्षको सम्झौताको काम भइरहेको छ । अन्तिम छनोटमा परेका एक हजार १ सय ७५ मध्ये रोजगार सम्झौताका लागि शनिबारसम्म एक हजार आठ नामावली प्राप्त भइसकेको विभागका निर्देशक श्रीचन्द्र साहले जानकारी दिए ।

रोजगार सम्झौता प्राप्त भएर दोहोरो सम्झौता गरेका युवाको भिसा प्रक्रियाका लागि हाल अभिमुखीकरणको काम भइरहेको छ । विभागले इजरायलको रोजगारका लागि छनोट भएका श्रमिकको भिसा प्रक्रियाका लागि श्रमिकको विवरण इजरायलको जनसंख्या तथा अध्यागमन कार्यालय र नेपालस्थित इजरायली दूतावास पठाउने र त्यहाँबाट भिसा प्रक्रियाको काम भइरहेको छ ।

हाल इजरायलमा त्यहाँका श्रमिकले विभिन्न माग राख्दै आन्दोलन गरिरहेका कारण उडान केही ढिलाइ भएको विभागले जनाएको छ । इजरायलको रोजगारीमा नेपाल पक्षबाट भने सबै काम पूरा हुने क्रममा रहेको निर्देशक साहले बताए ।

इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा पठाइनेमध्ये अधिकांश सहायक श्रमिकको करार सम्झौता (एसईसी) प्राप्त हुने क्रममा रहेको विभागले जनाएको छ । इजरायलका रोजगारदाता पक्षबाट हस्ताक्षर भई नेपाली श्रमिकको अन्तिम सम्झौताको हस्ताक्षरका लागि नामावली विभागमा प्राप्त भएका युवाको श्रम सम्झौता आउने क्रममा रहेको विभागले जनाएको छ । विभागका अनुसार प्राप्त करार सम्झौता पत्रमा सम्बन्धित उम्मेदवारबाट पाँच दिनभित्र सम्झौता गराई इजरायलको जनसंख्या तथा अध्यागमन विभाग (पिवा) मा पठाउन तथा भिसा प्रक्रियाका लागि इजरायली दूतावासको कन्सुलर डिभिजनमा समेत पठाउने प्रयोजनका लागि हाल कागजात लिने तथा हस्ताक्षर गर्ने काम भइरहेको बताए । यसका लागि विभागले व्यावसायिक तथा सीप
विकास तालिम प्रतिष्ठान, भैंसेपाटी, ललितपुरमा आवश्यक कागजात संकलन, हस्ताक्षर र अभिमुखीकरणको काम गरिरहेको छ ।

वैदेशिक रोजगार विभागले स्वास्थ्य परीक्षण पूरा गरेका एक हजार १ सय ७५ युवाको रोजगार सम्झौताका लागि नामावली इजरायल पठाएको थियो । विभागका अनुसार नेपालस्थित इजरायली दूतावासले रोजगार सम्झौता भएका थप युवाको भिसा लगाउने काम जति चाँडो गर्छ, त्यति नै छिटो नेपालीलाई पठाउने तयारी भइरहेको जनाएको छ ।

विभागले रोजगार सम्झौताका लागि इजरायल पठाइएका नामावली मध्येबाट रोजगारदाताले एक पक्षीय सम्झौता गरेर दोस्रो पक्ष श्रमिकको हस्ताक्षरका लागि नामावली दैनिक रूपमा पठाइरहेका छन् । हाल आएकाबाहेक थप नेपालीको नामावली सम्झौताका लागि आइसकेको विभागले जनाएको छ । हाल सम्झौता भएका आठ सयभन्दा बढी युवालाई दुई दिने अभिमुखीकरण तालिम दिने काम भइरहेको छ । विभागका अनुसार अन्तिम नामावलीमा परेका एक हजार १ सय ७५ मध्ये स्वास्थ्य परीक्षण पास गरेका र अन्य समस्या नभएका सबैलाई पठाइने छ । पछिल्लो समय विश्वभर ओमिक्रोन भाइरस देखिएपछि इजरायलले उडान अनुमतिका लागि केही ढिलाइ गरेको छ ।

इजरायल जान रोजगार सम्झौता गरेका श्रमिकलाई कम्तिमा एक महिनाभित्र पठाउने तयारी भइरहेको भए पनि संक्रमणका कारण प्रक्रिया भने केही ढिलो भएको वैदेशिक रोजगार विभागले जनाएको छ । रोजगार सम्झौता भएका श्रमिकलाई छिटो छरितो पठाउने सम्बन्धमा विभाग र इजरायल पक्षबीच नियमित रूपमा छलफल भइरहेको समाचार गोपाल संग्रौलाले आजको कारोबारमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij