२०८३ भाद्र ३१ बुधबार

गरिमा विकास बैंकको “स्वर्णिम निक्षेप योजना” सार्वजनिक

ई आर्थिक    सोमबार, फाल्गुन २ २०७८
5.1K
Shares
गरिमा विकास बैंकको “स्वर्णिम निक्षेप योजना” सार्वजनिक

ई–आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको ईजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको गरिमा विकास बैंक लिमिटेडले ग्राहकवर्गलाई निक्षेपमा उत्कृष्ट प्रतिफल दिने उद्धेश्यका साथ “स्वर्णिम निक्षेप योजना” सार्वजनिक गरेको छ ।

न्यूनतम रु. १,००० मौज्दातमा सुरु गर्न सकिने “स्वर्णिम निक्षेप योजना” एक क्रमिक (रिकरिङ्ग) निक्षेप खाता हो । यस निक्षेप योजना अन्तर्गत ५ वर्ष वा सो भन्दा बढी अवधिको निक्षेप खाता खोली वार्षिक मुद्धती बराबरको व्याजदरको फाईदा लिन सकिनेछ । साथै, यस निक्षेप योजना अन्र्तगत योजना अवधि भित्र आफ्नो अनुकुलता अनुसार जति पनि रकम जम्मा गर्न सकिन्छ भने आफुले जम्मा गरेको हरेक रकममा त्यस समयको मुद्धती बराबरको ब्याजदर पाईनेछ ।

यस बैंकले ‘स्वर्णिम निक्षेप योजना’ अन्तर्गत उच्चतम ११.५५% ब्याजदर प्रदान गर्न लागेको हो । यस निक्षेप खातामा लगानी गर्दै उत्कृष्ट प्रतिफल लिन इच्छुक तर एकमुष्ठ ठूलो रकम जम्मा गराउन भने सम्भव नभएका ग्राहकवर्गका लागि समेत यस क्रमिक रुपमा रकम जम्मा गर्न सकिने स्वर्णिम निक्षेप योजना निकै उपयोगी सावित हुनेछ ।

हाल गरिमा विकास बैंकले देशका ३७ जिल्लामा ११८ शाखा कार्यालयहरु, २ एक्स्टेन्सन काउण्टर र ५१ ए.टि.एम. मार्फत आफ्ना ग्राहकहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ्ग सुविधा दिँदै आइरहेको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij